बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६० रुपैयाँमा प्याज, एक जनालाई तीन केजीसम्म !

तस्विरमा हेर्नुहास् खाद्य व्यवस्थामा प्याज किन्नेको लाइन
सोमबार, १२ असोज २०७७, १२ : ०३
सोमबार, १२ असोज २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीलाई जानकारी दिइन्  । एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् ।

न्यौपानेका अनुसार शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको छ । आज पनि बिक्री हुने क्रम जारी छ । बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएको उनले बताइन् ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व  र  ८ रूपैयाँ  खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ ।

केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको छ । भारतले आयात रोकेको केही दिनमै प्याजको मूल्य प्रतिकेजी १२० रूपैयाँसम्म व्यवसायीले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप