शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार, १२ असोज २०७७, १३ : ३१
सोमबार, १२ असोज २०७७

बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता बुटवल उपमहानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित तिनाउ खोलोको छेउमा एक नवजात शिशु मृतावस्थमा फेला परोको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप