असोज १५ बाट फ्लोरमा ‘ए मेरो हजुर ४’
सोमबार, १२ असोज २०७७, १३ : ३९
काठमाडौं । गत चैत्रमा लकडाउनको कारण सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने भएको छ । फिल्म अगामी शुक्रबार अर्थात असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।
करिब ५० प्रतिशत छायाँकन सकिएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मका लागि हालै गायक दुर्गेश थापा पनि कलाकारको रुपमा अनुबन्धित भएका छन् ।
झरना थापाले निर्देशक रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर’को दोस्रो र तस्रो श्रृखला निर्देशन गरेकी थिइन् ।