प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । सोमबार सम्पन्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तह सम्मको भर्ना लिन स्वीकृति पाए पछि प्राविधिक कर्मचारी भर्ना गर्ने बाटो खुल्ला गरेको हो ।
प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको छ । त्यस्तै, बैठकले लोकसेवा आयोगको ओ.एण्ड. एम. पारित गर्नुका साथै लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको जनाइएको छ ।
कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?