शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंक कार्वन लेखा वित्तीय साझेदारको सञ्चालक समितिमा नियुक्त

सोमबार, १२ असोज २०७७, १६ : ०१
सोमबार, १२ असोज २०७७

एनएमबि बैंक नेट जिरो एसेट ओनर एलाइन्स (एओए) सँगको सहकार्यमा कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) को सञ्चालक समितिमा नियुक्त भएको छ । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो, जुन उनीहरूको कर्जा र लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन र खुलासा गर्न सहकार्य गर्छन् । 

पीसीएएफ कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्ने उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठ बन्धनसँग मिलेर काम गर्छ ।
 पीसीएएफ द्रुत गतिमा विकसित हुँदैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति थियो । ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ । अहिले यसको सम्पत्ति १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको भनिएको छ । 

एनएमबी एओएको प्रतिनिधिका रुपमा सञ्चालक समिति सदस्यका रुपमा नियुक्त भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप