शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप १३५१ जनामा संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग्यो

सोमबार, १२ असोज २०७७, १६ : २६
सोमबार, १२ असोज २०७७

बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । 

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन  र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको छ । 

यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप