केन्द्रीय संस्करण

कोरोना महामारी नियन्त्रणमा ठूला देशका सरकारले के गल्ती गरे ?

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

एजेन्सी । केही दिनभित्रै विश्वभर कोभिड १९ बाट मृत्यु हुनेहरुको संख्या १० लाख पार हुनेछ । अन्य १० लाखको मृत्यु दर्ता नभएको हुनसक्छ । जब नौ महिनाअघि महामारी सुरु भयो, तब यो निकै सुस्त अघि बढेको थियो, यद्यपि पछिल्लो समय निकै तिव्र रुपमा फैलिएको छ । २० सेप्टेम्बरसम्म आइपुग्दा एकै सातामा किर्तिमानी रुपमा २० लाखभन्दा धेरै संक्रमित भए । 

विकासोन्मुख विश्वका विविध भूभागमा भाइरस भयावह भइरहेको छ । भारतमा दैनिक ९० हजारभन्दा धेरै संक्रमणका मामिला दर्ता भएका छन् । कोरोनाको उच्च प्रभाव टरिसकेको सोचेपनि युरोपेली देशहरुमा दोस्रो लहर सुरु भइसकेको छ । अमेरिकामा मृतकको संख्या यसै साता २ लाख नाघ्यो । पछिल्ला ७ दिनमा २६ राज्यमा संक्रमण बढिरहेको छ । यो तथ्यांकले ठूलो पीडा दर्शाउँछ । 

निको भएकामध्ये झन्डै एक प्रतिशतमा दिर्घकालिन समस्या देखिएको छ । जस्तो, थकान, फोक्सोमा समस्या आदी ।  विकाससिल देशमा विशेषगरी गरिबी र भोकका कारण शोक छ । जाडोका कारण मानिसहरु कोठाभित्र थन्कन बाध्य हुनेछन्, जहाँ खुला हावाको दाँजोमा रोग थप सहज रुपले फैलनेछ । त्यस्तै, सिजनल फ्लुले स्वास्थ प्रणालीमा भार थप्नसक्छ । 

यस्तो अन्धकारबीच तीन कुरा दिमागमा राख्नुस् । तथ्याँकमा सुखद र दुःखद् दुबै खबर छ । उपचार र औषधीले कोभिड १९ लाई कम प्राणघातक बनाएका छन्, नयाँ भ्याक्सिन र औषधीले यस प्रक्रियालाई थप प्रभावकारी बनाउनेछन् ।  र समाजसँग आज रोग नियन्त्रणका लागि धेरै माध्यम छन् । यद्यपि, जनस्वास्थ्यका दृष्टिले यहाँ अझै धेरै सरकारहरु असफल भइरहेका छन् । कोभिड १९ अझै केही महिना र सायद वर्षौसम्म चुनौतीका रुपमा रहनेछ । त्यसैले सरकारले राम्रो तयारी गर्नैपर्छ । 

संख्याबाट सुरु 
युरोपमा पहिचान भएको संक्रमितको बढ्दो संख्याले यस वास्तविकतालाई देखाउँछ । तर, विश्वव्यापी असर अतिरिक्त परीक्षणको तथ्यका आधारमा मात्रै थाहा हुन्छ, (जहाँ छुटेका संक्रमणका मामिलाहरु पनि दर्ज भएको होस् ।) । हाम्रो मोडलिङको अनुमानअनुसार मेइमा झन्डै ५० लाखभन्दा धेरैमा संक्रमण देखिएयता यसको उच्चता निरन्तर घट्दै गएको छ ।

यसरी, अतिरिक्त परीक्षणले रोगको मृत्युदर कसरी घट्दैछ भनेर बुझाउँछ । त्यस्तै, भारतजस्तो औसत आयु २८ वर्षमात्रै भएका देशमा पनि  मृत्युदर कम हुन्छ, किनकी बुढाबुढीको तुलनामा युवाहरु यो रोगबाट बाँच्ने सम्भावना अधिक छ ।

प्रतिदर घट्नुले जनस्वास्थमा भएको सुधारको पनि संकेत गर्छ । चिकित्सकहरुले अहिले बुझेका छन् कि फोक्सोबाहेक मुटु र किड्नीमा पनि जोखिम छ र यस्ता लक्षणको उपचार समयमै गर्नुपर्छ । बेलायतको इन्टेन्सिभ केयर वार्डमा महामारीको सुरुवातमा ९० प्रतिशत बिरामीहरु भेन्टिलेटर्समा थिए, जुनमा केवल ३० प्रतिशत थिए ।

डेक्सामेथासोनजस्ता औषधीहरुले गम्भिर बिरामीहरु मृत्यु हुने दर २० देखि ३० प्रतिशतले घटाउँछन् । युरोपमा गत वसन्तको दाँजोमा अहिले मृत्युदर ९० प्रतिशतले कम छ । यद्यपि, यो ठूलो अन्तर फेरि साँघुरो हुन्छ, जब जोखिम समूहमा भाइरस फेरि फर्कनेछ । 

धेरै सुधार भण्डारणमा छ । भाइरसलाई डिसेबल गर्ने मोनोक्लोनल एन्टिबडिज वर्षको अन्त्यसम्म त्यो उपलब्ध हुनसक्छ । महंगो भएपनि संक्रमित भइसकेका र उच्च जोखिममा रहेकाहरुका लागि यो निकै प्रभावकारी हुने ठानिएको छ । भ्याक्सिन पनि सायद चाँडै आउनेछ । यसरी विभिन्न औषधीहरुले फरक तरिकाले भाइरसमाथि आक्रमण गरेपछि फाइदा पनि बढ्नेछ । तर, सबै राम्रो हुनका बाबजुद २०२१ मा पनि भाइरस दैनिक जीवनको पाटोकै रुपमा रहनेछ ।

भ्याक्सिन बनिहाले पनि शतप्रतिशत प्रभावकारी हुने आशा कसैलाई छैन, यो सुरक्षा अस्थायी हुनसक्छ वा प्रतिक्रिया जनाउन कम सामथ्र्य राख्ने प्रतिरोधी प्रणाली भएका जेष्ठ नागरिकमा यसको प्रभाव कमजोर हुनसक्छ । 
अर्बौ डोज बनाउने र त्यसलाई लगाउने काम अर्को वर्ष धेरै हुनेछ । पहिले कसले भ्याक्सिन पाउने भनेर पनि लडाँई हुनसक्छ । धेरै देशहरुले गरेका अध्ययनले देखाएअनुसार एक चौथाई वयस्क (आधा रुसीसहितले) भ्याक्सिन अस्वीकार गर्न सक्छन्, रोग कायमै रहनसक्ने अर्को कारण यो पनि हो । 

त्यस्तै निकट भविष्यसम्म कोभिड १९ बाट बच्नका लागि परीक्षण र ट्रेसिङ, सामाजिक दूरी र स्पष्ट सरकारी सञ्चार आवश्यक छ । यसका लागि के गर्ने भने बुझ्नु पनि कुनै रहस्य होइन । यद्यपि, अमेरिका, बेलायत, इजरायल र स्पेनजस्ता देशले यसलाई निकै गलत बुझेका छन् । मानव जीवन रक्षार्थ सटडाउन गर्ने वा सबै खुला गरेर पहिलेजस्तै चल्न दिने भन्नेबारे स्पष्ट निर्णय गर्ने इच्छा नदेखाउनु एउटा समस्या हो ।

एकातर्फ स्वीडेनले स्वतन्त्रता र अर्थतन्त्रलाई प्राथमिकतामा राख्यो । तर, यहाँ प्रति १ लाख मानिसमध्ये ५८ दशमलव १ जनाले ज्यान गुमाए र कुल ग्राहस्थ उत्पादन दोस्रो–त्रैमासिक मात्रै ८ दशमलव ३ प्रतिशतले झर्यो । जो, डेनमार्क, फिनल्यान्ड र नर्वेभन्दा खराब अवस्था हो । 

अर्कोतर्फ, न्युजिल्यान्डले मानव जीवन रक्षार्थ सट डाउन गर्यो । यहाँ प्रति एकलाख जनसंख्यामा शून्य दशमलव ५ जनाले मात्रै ज्यान गुमाए, तर यहाँको अर्थतन्त्र दोस्रो त्रैमासिकमा १२ दशमलव २ प्रतिशतले खस्यो । न्युजिल्यान्डको दाँजोमा ताइवान केही खुला थियो, तर यहाँ १ लाखमा शून्य दशमलव शून्य तीन जनाले ज्यान गुमाए, अनि कुल ग्राहस्थ उत्पादन १ दशमलव ४ प्रतिशतले मात्रै झर्यो । 

ब्ल्याङकेट लकडाउनजस्तो नयाँ नीति भने ईजरायलमा असफल भयो । यो महंगो भयो, दीर्घकालीन भएन । जर्मनी, दक्षिण कोरिया र ताइवानजस्ता देशले कोरोना फैलनसक्ने सम्भावित भेन्यु पहिचान गर्दै परीक्षण र कन्ट्याट टे«सिङ गरेका छन्, उनीहरुले क्वारेन्टाइन विधिमार्फत यसको फैलावट रोकेका छन् ।

जर्मनीले वधशाला पहिचान गर्यो, कोरियाले बार र चर्चमा महामारी नियन्त्रण ग¥यो । यदि फ्रान्समा जस्तै यहाँ पनि परीक्षण ढिलो भएको भए, यो योजना असफल हुन्थ्यो । यदि ईजरायलमा जस्तो कन्ट्याट ट्रेसिङप्रति मानिसको विश्वास भएन भने पनि उनीहरु यसबाट टाढा हुन खोज्छन् । 

सरकारले त्यस्ता विषयको ट्रेड–अफ पहिचान गर्नुपर्छ, जसले आर्थिक र सामाजिक अर्थ राखोस् । मास्क सस्तो र सान्दर्भिक छ र यसले काम गर्छ । डेनमार्क र जर्मनीमा विद्यालय खोल्नु प्राथमिकता हुनुपर्छ, डिस्को र बारजस्ता ठाउँ होइन ।   जब कोभिड १९ सुरु भयो, विभिन्न देशका सरकारहरुले यसलाई अनौठो माने, अनि त्यसपछि तत्कालै ब्रेक दबाए ।

आज उनीहरुलाई त्यस्तो छुट छैन । सामान्य अवस्थामा फर्कने दौडमा स्पेनले निगरानी कम ग¥यो । बेलायतको परीक्षणले काम गरिरहेको छैन, जबकि जुलाईदेखि संक्रमण बढेको छ । विश्वको एक सम्मानित जनस्वास्थ निकाय अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र आफ्ना गल्ती, कमजोरी र राष्ट्रपतिका कारण समस्यामा छ । महामारी सकिन बाँकी नै छ । यो कम हुनेछ, तर सरकारहरुले यसलाई नियन्त्रणमा लिनैपर्छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.