शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन विवादित बन्यो ग्राउन्ड ह्यान्डेलिङ अनुमति ?

सोमबार, १२ असोज २०७७, १६ : ४०
सोमबार, १२ असोज २०७७

काठमाडौँ । एक साता अघि नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको स्वदेशी कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डेलिङको अनुमति दियो । अहिले नेपाल एयरलाइन्सले गर्दै आएको हिमालय ह्यान्डेलिङको काम हिमालयन आफैले गर्न पाउने भएपछि उड्डयन क्षेत्रमा यसले नयाँ विवादको सिर्जना समेत गर्यो । खासगरी नेपाल वायुसेवा निगम सम्बद्ध पक्षहरुले क्यानको यो निर्णयको विरोध गरे । यो निर्णयले निगमको आम्दानीमा धक्का पु-याउने उनीहरुको भनाइ छ ।

अहिले नेपाल वायुसेवा निगम (एनएसी) को कुल आम्दानीको २० देखि २५ प्रतिशत हिस्सा ग्राउन्ड ह्यान्डेलिङ सेवाबाट प्राप्त हुन्छ । अघिल्लो वर्ष एनएसीले २२ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेकोमा ४ अर्ब १६ करोडको व्यापार यो सेवाबाट प्राप्त भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । कोभिड–१९ का बाबजुत उडान नियमित रुपमा सञ्चालन हुँदै गएमा चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमै व्यापार हुने अनुमान रहेको उनको भनाइ छ ।

हिमालयले यस्तो अनुमति पाउने भएपछि नेपाल एयरलाइन्सका कर्मचारीहरुले यसको विरोध गरेका छन् । निगम अन्तर्गतको कर्मचारी युनियनले विज्ञप्ती नै जारी गरेर क्यानले हिमालयलाई यस्तो अनुमति दिएर निगमलाई पाखा लगाउन खोजेको आरोप लगाए । त्यतिमात्रै नभएर उनीहरुले यस्तो सेवाको गुणस्तरमाथि समेत प्रश्न गरेका थिए । 

निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डेलिङ सेवा अन्तर्गत मध्यम खालका जहाजको लागि २ हजार २ सय ५० र ठूला जहाजको ४ हजार ५ सय अमेरिकी डलर ग्राउन्ड ह्यान्डेलिङ शुल्क लिने गरेको छ । हाल दुई विदेशी कम्पनीबाहेक सबै कम्पनीको ग्राउन्ड ह्यान्डेलिङ एनएसीले नै गर्दै आएको छ । थाई र इन्डियन एयरलाइन्सले भने एनएसीको सेवा सुरु हुनुअघि नै सेल्फ ह्यान्डेलिङको अनुमति पाएका थिए । अहिले पनि ती एयरलाइन्सहरुले आफै यस्तो ह्यान्डेलिङ गर्दै आएका छन् । अहिले हिमालय एयरलाइन्सलाई यस्तै अनुमति अनुमति दिन लागिएको हो ।

हिमालयले यस्तो अनुमति पाउने भएपछि नेपाल एयरलाइन्सका कर्मचारीहरुले यसको विरोध गरेका छन् । निगम अन्तर्गतको कर्मचारी युनियनले विज्ञप्ती नै जारी गरेर क्यानले हिमालयलाई यस्तो अनुमति दिएर निगमलाई पाखा लगाउन खोजेको आरोप लगाए । त्यतिमात्रै नभएर उनीहरुले यस्तो सेवाको गुणस्तरमाथि समेत प्रश्न गरेका थिए । 

कति गुम्छ निगमको आम्दानी ?

सामान्य उडान हुँदा हिमालय एयरलाइन्सका जहाजले मासिक ४० वटा उडान गर्ने गरेको थियो । वायुसेवा पूर्णरुपमा सञ्चालन भएको अवस्थामा हिमालयले पूर्ण क्षमतामा जहाज उडाउँदा अहिलेको विनिमय दरका आधारमा मासिक करिब १ करोड ८ लाख रुपैयाँको आम्दानी निगमले पाउँथ्यो । वार्षिक हिसाव गर्दा यो १२ करोड ९६ लाख रुपैयाँ हुन आउँछ । हिमालयले अनुमति पाउँदा निगमको यो आम्दानी गुम्नेछ ।

निगमकी प्रवक्ता खड्काका अनुसार ग्राउन्ड ह्यान्डेलिङ सेवा तुलनात्मक रुपमा कम लागत भएको क्षेत्र हो । उनी भन्छिन्, ‘ग्राउन्ड ह्यान्डेलिङ तुलनात्मक रुपमा बढी मार्जिन हुने क्षेत्र हो । तोकिएको शुल्कमा सेवा दिँदा हामीसँग पनि राम्रै मार्जिन रहन्छ ।’ नेपालमा अहिले ३० वटा अन्तर्राष्ट्रिय विमानले उडान भर्छन् । त्यसमध्ये थाई र इन्डियन एयरलाइन्स बाहेक २८ वटा एयरलाइएन्सलाई अहिले निगमले नै सेवा पु-याइरहेको छ । यतिले यो सेवा पायो भने निगमले सेवा दिने एयरलाइन्सको संख्या २७ मा झर्नेछ ।

निगमले प्राप्त गरेको शुल्कमध्ये १० प्रतिशत शुल्क निगमलाई बुझाउनुपर्ने गरी सम्झौता गरिएको छ । यसअनुसार निगमले १२ करोड ९६ लाख रुपैयाँ आम्दानी गर्दा क्यानले १ करोड २९ लाख ६० हजार रुपैयाँ पाउने गथ्र्यो । ग्राउन्ड ह्यान्डेलिङको मुख्य काम प्राधिकरणकै भए पनि निगमलाई आम्दानीको १० प्रतिशत हिस्सा बुझाउने गरी प्राधिकरणले यो सुविधा दिएको थियो । सेल्फ ग्राउन्ड ह्यान्डेलिङ गर्दा क्यानलाई हिमालयनले कुनै शुल्क तिर्नु पर्दैन । यो व्यवस्थाले निगमको मात्रै नभएर क्यान आफ्नै आम्दानी पनि गुम्नेछ ।

निगमकी प्रवक्ता खड्काका अनुसार ग्राउन्ड ह्यान्डेलिङ सेवा तुलनात्मक रुपमा कम लागत भएको क्षेत्र हो । उनी भन्छिन्, ‘ग्राउन्ड ह्यान्डेलिङ तुलनात्मक रुपमा बढी मार्जिन हुने क्षेत्र हो । तोकिएको शुल्कमा सेवा दिँदा हामीसँग पनि राम्रै मार्जिन रहन्छ ।’ नेपालमा अहिले ३० वटा अन्तर्राष्ट्रिय विमानले उडान भर्छन् । त्यसमध्ये थाई र इन्डियन एयरलाइन्स बाहेक २८ वटा एयरलाइएन्सलाई अहिले निगमले नै सेवा पु-याइरहेको छ । यतिले यो सेवा पायो भने निगमले सेवा दिने एयरलाइन्सको संख्या २७ मा झर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ । विदेशी एयरलाइन्सले सुविधा पाउँदा नेपाली एयरलाइन्सलाई मात्रै यसबाट वञ्चित गर्न नहुने क्यानको तर्क छ । सोही अनुसार हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवा सञ्चालन गर्नको लागि सैद्धान्तिक सहमति दिएको हो ।

सेल्फ ग्राउन्ड ह्यान्डेलिङमा क्यानको तर्क

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ । विदेशी एयरलाइन्सले सुविधा पाउँदा नेपाली एयरलाइन्सलाई मात्रै यसबाट वञ्चित गर्न नहुने क्यानको तर्क छ । सोही अनुसार हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवा सञ्चालन गर्नको लागि सैद्धान्तिक सहमति दिएको हो ।

तर, अहिले हिमालयलाई दिएको अनुमति प्रारम्भिक मात्रै भएकोले यसैलाई अन्तिम स्वीकृतिको रुपमा लिन नहुने क्यानका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । ‘हामीले अहिले अनुमति दिनुको अर्थ आजैदेखि ग्राउन्ड ह्यान्डेलिङ सुरु गर्ने होइन, त्यसका लागि ६÷८ महिना लागिहाल्छ’ गुणस्तरमाथि उठेको प्रश्नप्रति इंगित गर्दै क्षेत्रीले भने, ‘योबीचमा हामीले प्राविधिक पक्षको मूल्याङ्कन, तेस्रो पक्ष बीमासम्बन्धी कामहरु र ग्राउन्ड ह्यान्डेलिङका सामानहरुको आपूर्ति र गुणस्तरबारे सबै कुराहरु हेरिरहेका हुन्छौँ । गुणस्तर र सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै यो सुविधा दिने हो, अहिले नै होइन ।’

ग्राउन्ड ह्यान्डेलिङ सुविधा दिएपछि प्राधिकरणको आम्दानी घट्छ भन्ने तर्कमा पनि क्षेत्री सहमत छैनन् । ‘हामीले आम्दानी गुमाउँछांैं भनिएको छ, तर त्यो वास्तविक होइन । यो अनुमति दिँदा हामीले अरु विभिन्न तरिकाबाट झनै धेरै आम्दानी गर्छ सक्छौँ ।’

निगमका कर्मचारीहरुको विरोध र सेल्फ ग्राउन्ड ह्यान्डेलिङमाथि प्रश्न उठेपछि पर्यटनमन्त्री योगेश भट्टराईले तत्कालका लागि त्यो प्रक्रिया रोक्न आइतबार निर्देशन दिएका छन् । तर, क्यानले प्रारम्भिक अनुमति मात्रै दिएको अवस्थामा गुणस्तरमाथि प्रश्न उठाउने सम्भावना नै नभएको क्यानको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप