बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने तयारी

सोमबार, १२ असोज २०७७, १८ : ३४
सोमबार, १२ असोज २०७७

काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने विरुद्ध सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अगाडि नै प्रतिबन्धित गरेको भर्चुअल मुद्राको अबैध कारोबार फस्टाएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यस्ता कारोबारीलाई कारबाही गर्ने बारे छलफल अघि बढाएको हो ।

सोमबार वाणिज्य विभागमा दुई निकाय बीच अनुसन्धान र कारबाही प्रक्रिया बारे छलफल भएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए । 
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पाइलगायत अन्य डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग बढ्दै गएको र ठगीको जोखिम बढेर गएकोमा विभागले आवश्यक अनुसन्धानमा सहयोग गर्न सिआईबीको सहयोग माग गरेको सुवेदीले रातोपाटीसँग बताए । 

‘यो प्रारंभिक छलफल हो । आवश्यकताअनुसार थप छलफल गर्दै जान्छौँ । त्यसका लागि नियमित रुपमा सहकार्य गर्दै जाने गरी सिआइबीसँग छलफल भएको छ । आगामी बैठकमा कसरी ठोस रुपमा अघि बढ्ने निर्णय हुन्छ’ सुवेदीले भने ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप