मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा एक कोरोना संक्रमितको मृत्यु

सोमबार, १२ असोज २०७७, १८ : ४३
सोमबार, १२ असोज २०७७

कैलाली । सेती प्रादेशिक अस्पताल, कैलालीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ बस्ने  ६३ बर्षिया महिलाको कोरोना संक्रमण बाट मृत्यु भएको अस्पतालले जनाएको छ। 

 असोज ७ गते दमसम्बन्धी रोगको उपचार गर्न भर्ना भएकी उनलाई असोज १० गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनीमा दम र फोक्सोको समस्या रहेको उनले बताए ।

यसअघि सो अस्पतालमा भर्ना भई उपचार गराएका ३ जना संक्रमितको पनि मृत्यु भएको थियो । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप