बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न सरकारको आग्रह

सोमबार, १२ असोज २०७७, १९ : २०
सोमबार, १२ असोज २०७७

सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सोमबारको पत्रकार सम्मेलनमा सचेत गराए । 

पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपर्दा उनले सम्बद्ध सबैमा आग्रह गरे । 

यस्तै उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे । 
लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाइएकाले सतर्कता अपनाउन जरुरी रहेको उनको भनाइ छ 
 । 
उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप