बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लेनदेनका कारण मिन्त्रादेवीको हत्या भएको प्रहरीको दाबी

सोमबार, १२ असोज २०७७, १९ : ३६
सोमबार, १२ असोज २०७७

रौतहट । रौतहटमा एक महिलाको लेनदेनका कारण हत्या भएको खुलासा भएको छ । गढीमाई नगरपालिका ३ गमरिया पर्साका सकल बैठकी श्रीमती मिन्त्रादेवी बैठको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो ।
गत भदौ १४ गते दिउँसो १ बजेको समयमा घाँस काट्न गएकी मिन्त्रादेवीको घाँटी कसेर हत्या भएको थियो ।

घाँस काटन बिहान खेतमा गएकी मिन्त्रादेवी साँझसम्म घर फर्केकी थिइनन् । घरपरिवारका  सदस्यले खोजतलास गर्दै जाँदा बेलुकी ६ बजे स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव बरामद भेटिएको थियो । मृत फेला परेकी ३५ वर्षीया बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले आज सार्वजनिक गरेको छ ।

अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व.अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीको दाबी छ । जग्गाका विषयमा विवाद चल्दा मृतक मिन्त्रादेवीका श्रीमान सकल बैठाले जमसैद आलमलाई कुटपिट समेत गरेका थिए । सोही जग्गाको बिवादमा जमसैद आलमले  बैठालाई प्रतिवादी लिखित बदरको मुद्दा हालेका थिए । जिल्ला अदालतले उक्त मुद्दामा बैठाको पक्षमा फैसला गरेपछि आलमले बैठालाई जग्गा छोडन पटक–पटक धम्की दिँदै आएको प्रहरीको भनाई छ । जग्गाकै रिसिइवीका कारण जमसैद आलमको योजनामा मिन्त्रादेवीको हत्या भएको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । 

आलमको योजनामा स्थानीय दाउद मिया, जहरुदिन मिया भन्ने हारुण मिया र महमद ईशराफुल मियाको संलग्नतामा मिन्त्रादेवीको घाँटी सलले कसेर मारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

                                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप