शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिल्स सञ्चालन तथा भुक्तानीको माग गर्दै रौतहटमा तेस्रो दिन पनि चक्काजाम

सोमबार, १२ असोज २०७७, १९ : ४७
सोमबार, १२ असोज २०७७

रौतहट । रौतहटको गरुडास्थित रहेको श्रीराम सुगर मिल्सको व्यवस्थापन पक्षबाट एकतर्फी रुपमा बन्द गर्ने निर्णयविरुद्ध कारखाना मजदुर र उखु किसानद्वारा सोमवार तीस्रो दिन गौर चन्द्रपुर सडक खण्डलाई ३ घण्टा चक्का जाम गरी विरोध प्रदर्शन गरेका छन् । 

उखु उत्पादक संघ रौतहटको वरिष्ठ उपाध्यक्ष रामप्रमोध राय यादवको नेतृत्वमा  सोमबार मिल्स अगाडी गौर चन्द्रपुर सडक खण्डमा धर्ना दिएर १ बजे देखि ४ बजे सम्म चर्का जाम गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

किसान नेता रामभरोस यादवले २०४९ सालमा किसानहरु ७ हजार रुपैया प्रति कठ्ठा जगा दिएर श्रीराम सुगर मिल्सलाई  संचालन गराएका थिए । आफनो भविष्यको सपना देखेका किसानहरुमाथि व्यवस्थापन पक्षद्वारा एकाएक किसानको पेटमाथि लात हान्ने काम गरेकोमा सोका विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिल्स संग जोडिएका रौतहट र सर्लाहीका किसानहरु आन्दोलनमा उत्रिएको नेता यादवले स्पष्ट पारे । 

जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य वृज किशोर यादवले उद्योगपतिले गरुडा चिनी मिलको जग्गा विक्रि गर्न लागेको भन्दै आफुहरु कुनैपनि हालतमा मिलको जग्गा विक्रि गर्न नदिने चेतावनी दिए ।  

मिल्सले उखु खरीद गरे वापतको किसानहरुको विगत ५ वर्षको ४१ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी राखेको र त्यसमा पनि किसानलाई भुक्तानी दिनुपर्नेमा उद्योगपतिले सधैका लागि मिल नै बन्द गरेपछि उखु उत्पादक संघ, किसान र मजदुरहरु चरणवद्ध आन्दोलनमा उत्रेका छन् । 

उद्योगपतिलाई मिल सञ्चालन, किसान र मजदुरहरुको रकम भुक्तानी गर्ने माग राखी उखु उत्पादक संघ रौतहटले ३ दिन देखी गरुडा मिलको अगाडी राजमार्गमा चक्का जाम गर्दै आएको संघको वरिष्ठ उपाध्यक्ष रामप्रमोध राय यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप