मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

निधि र सिटौलाबीच चण्डोलमा भेटवार्ता : सहकार्य गरेर जान दुबै सहमत !

सिटौलासामू निधिको उद्घोष : जस्तो सुकै परिस्थितिमा पनि सभापतिमा लड्छु
सोमबार, १२ असोज २०७७, १९ : ५२
सोमबार, १२ असोज २०७७

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाबीच १४ औँ महाधिवेशनका सन्दर्भमा भेटवार्ता भएको छ । सोमबार बिहान चण्डोलस्थित सिटौला निवासमा निधि र सिटौलाबीच करिब एक घण्टा भेटवार्ता भएको खुलेको छ । रातोपाटीसँग औपचारिक कुराकानीपछि सिटौलाले निधिसँगको भेटवार्ताबारे कुरा खोलेका थिए ।

करिब दुई महिना गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार र आइतबार क्रमशः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । देउवा र पौडेलसँगको भेटमा सिटौलाले पार्टीमा देखिएको अन्तरविरोध र प्रभावित बनेको १४ औँ महाधिवेशनको कार्यतालिका विषयमा छलफल गरेका थिए ।

सिटौलाका अनुसार देउवा र पौडलसँगको छलफल महाधिवेशनको प्रभावित कार्यतालिकामा मात्र केन्द्रित भएको थियो । सभापतिमा उठ्ने देउवा र पौडेलको तयारी देखिए पनि आफूसँग सहयोग भने नमागेको सिटौलाको भनाइ छ ।

पछिल्लो समय संस्थापन र संस्थापन इतरका युवा नेतासँग भेटवार्ता गरेका निधिले प्रथम राष्ट्रपति रामवरण यादवलगायत मधेसी मुलका नेतासँग पनि छलफल अगाडि बढाएका छन् । नेविसंघका पूर्वसभापति समेत रहेका निधिले आफ्नो कार्यकालका पदाधिकारीसँग पनि संवाद गरेका थिए । पछिल्लो गतिवधिले निधि भावी सभापतिका लागि तीव्र तयारीमा रहेको पाइएको छ ।


तर निधि र सिटौलाबीचको भएको सोमबारको भेटवार्ता भने अलि भिन्न रह्यो । उनीहरुबीच १४ औँ महाधिवेशनको गतिविधिसँगै भावी समीकरणका विषयमा पनि सकारात्मक छलफल भएको छ । आगामी सहकार्यका लागि दुबै नेता सहमत देखिएका छन् । के कसरी जाने भन्ने विषयमा पार्टीमा खडा हुने परिदृष्य र छलफलबाट तय हुनेछ ।

साउन २९ गते सभापति देउवालाई भेटेर आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका निधिले आज सिटौलासँग गम्भीर छलफल गरेको बुझिएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि आफूले अन्य शीर्ष नेताहरुसँग गरेरको भेटवार्ता सन्दर्भमा निधिले सिटौलालाई ब्रिफिङ गरेका थिए । निधिले यसअघि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमै पुरेर छलफल गरेका थिए ।

पछिल्लो समय संस्थापन र संस्थापन इतरका युवा नेतासँग भेटवार्ता गरेका निधिले प्रथम राष्ट्रपति रामवरण यादवलगायत मधेसी मुलका नेतासँग पनि छलफल अगाडि बढाएका छन् । नेविसंघका पूर्वसभापति समेत रहेका निधिले आफ्नो कार्यकालका पदाधिकारीसँग पनि संवाद गरेका थिए । पछिल्लो गतिवधिले निधि भावी सभापतिका लागि तीव्र तयारीमा रहेको पाइएको छ ।

सिटौलासँगको भेटमा निधिले भनेका थिए, ‘सभापति लड्ने कुरा ढेड दुई वर्षदेखि मेरो मनमा थियो । शीर्ष नेतासँग छलफल पनि गरिसकेको छु । सबैलाई अब म लड्छु नै भनिसकेँ । अब म जुनै सुकै ‘सिचुएशन’मा पनि लड्छु । सिटौलाजी हामी मिलेर जानुपर्छ । मैले तपाईसँग सहयोगको अपेक्षा राखेको छु ।’


निधिले देउवासँग बाग्रेनिङ गर्न नभइ सभापतिमा उम्मेदवारी दिने गरी अगाडि बढिसकेको सिटौलालाई सुनाएका थिए । सिटौलाले पनि निधिलाई आवश्यकता अनुसार सहकार्य गर्ने सकिने बचन दिएका छन् । तर, सिटौलाले पनि आफू महाधेविशनको मैदानमै रहेको भन्दै सर्मथन गर्न निधिलाई आग्रह गरेका थिए ।

सिटौलाले भने, ‘निधिजीसँग विचार र दृष्टिकोणका हिसाबले धेरै कुरा मिल्छ । वहाँ यथास्थितिमा बस्ने मान्छे होइन । निधिजीसँग सहकार्य हुने सम्भावना म पनि देख्छु ।’

छलफल एक अर्कालाई सभापतिमा सघाउने तहमा नपुगे पनि सहकार्य गरेर जान सकिनेमा दुवै नेता तयारै रहेको बुझिएको छ । काँग्रेसमा सिटौला र निधिबीच संवैधानिक पद्धति, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धकालगायतका विषयमा समान मत छ ।

यस्तै काँग्रेसमा धर्मनिरपेक्षता र संघीयता विरोधी तप्का बढ्दै गए पनि निधि र सिटौला वर्तमान राज्य व्यवस्थाबाट पछाडि फर्किने भन्दा पनि सुदृढ गरेर जानुपर्ने पक्षमा देखिन्छन् ।

सिटौलाले भने, ‘निधिजीसँग विचार र दृष्टिकोणका हिसाबले धेरै कुरा मिल्छ । वहाँ यथास्थितिमा बस्ने मान्छे होइन । निधिजीसँग सहकार्य हुने सम्भावना म पनि देख्छु ।’

निधि र सिटौलाबीच कोइराला परिवारको आगामी रणनीतिबारे पनि छलफल भएको बुझिएको छ । शशांक र शेखर कोइरालालाई पनि साथमा लिएर जाने विषयमा निधि र सिटौलाबीच कुराकानी भएको छ ।

निधिलाई देउवाबाट अलगिने मुडमा रहेको पाएका सिटौला केही दिनै पौडेलबाट कोइराला पनि अलगिनेमा विश्वास्त देखिन्छन् । त्यसो हुन पुगे काँग्रेसको १४ औँ महाधिवेशन रोमान्चक मोडमा पुग्ने छ ।


देउवालाई चुनौती दिने गरी उम्मेदवारी घोषणा गरेपछि निधिको आगामी यात्राबारे काँग्रेसमा चर्चा हुन थालेको छ । उनी अन्य गुट उपगुटमा आफूलाई फिट गराउने रणनीतिमा पनि देखिन्छन् ।

जसलाई काँग्रेसभित्र निधिले देउवासँगको लामो राजनीतिक सहयात्रालाई विश्राम दिएर नयाँ गन्तव्य रोज्न लागेको रुपमा अर्थ्याएको पाइन्छ । निधिसँगको भेटपछि यसको नजिक सिटौला पनि भेटिए ।

यद्यपि निधिले आफैले भने सार्वजनिक रुपमा मुख खोलेका छैनन् । सिटौलासँग जस्तो सुकै अवस्थामा पनि सभापति उठ्ने कुरा राखेका निधिले अहिलेसम्म सभापति देउवासँग सम्बन्ध पनि बिगारेका छैनन् ।

देउवाले यस विषयमा बाहिर मुख नखोले पनि आफू निकटका नेताहरुले निधि आफ्नै समूहमा रहने बताइरहेका छन् । पौडेल समूहले पनि निधिलाई देउवासँग टाढा बनाउन सके महाधिवेशनमा प्रतिस्पर्धाका लागि सहज हुने आँकलनसहित सक्रियता बढाएको छ ।

अहिले पनि संस्थापन पक्षका महत्त्वपूर्ण भेला, बैठक र रणनीति निर्माणदेखि पार्टीको क्रियाशील सदस्यता वितरणमा देउवा र निधि एकै ठाउँमा छन् । तर, महाधिवेशनसम्म त्यो कायम नरहने सिटौलाको बुझाइ छ । निधिले संस्थापन इतरका शीर्ष नेतासँग भेटवार्ता गरेर आगामी महाधिवेशनमा देउवालाई नेता मानेर जान नसकिने सन्देश दिए पनि सभापति देउवा भने निधिलाई आफैसँग राख्ने प्रयास गरिरहेका छन्  । देउवाले यस विषयमा बाहिर मुख नखोले पनि आफू निकटका नेताहरुले निधि आफ्नै समूहमा रहने बताइरहेका छन् । पौडेल समूहले पनि निधिलाई देउवासँग टाढा बनाउन सके महाधिवेशनमा प्रतिस्पर्धाका लागि सहज हुने आँकलनसहित सक्रियता बढाएको छ ।


यता, झापाबाट फर्केर देउवा र पौडेलको मुटु छामेपछि सिटौलाले निधिलाई निवासमा भेटवार्ताका लागि बोलाउनु अर्थपूर्ण छ । झापामा रहँदा सिटौलाले केही दिन अघि सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच पछिल्लो समय गोप्य भेटवार्ता भएको भनिएको विषयमा पनि जिज्ञासा राखेका थिए । उनी पार्टीको आगामी समीकरण कस्तो हुन्छ वा देउवा र पौडेल समूहमा कस्तो विग्रह आउँछ भनेर नियालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप