शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

सोमबार, १२ असोज २०७७, २२ : २०
सोमबार, १२ असोज २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२ हजार नाघेको छ । गएको २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको ज्यान गएसँगै मृतक संख्या ४२ हजार एक पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ ।  यसैगरी पछिल्लो २४ घन्टामा थप ४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये इंग्ल्याण्डमा ३ हजार ३ सय १६, स्कटल्याण्डमा २ सय २२, वेल्समा २ सय ८६ र नर्दर्न आएरल्याण्डमा २ सय २० रहेका छन् ।  

पछिल्ला केहि दिनको तुलनामा आज सार्वजनिक तथ्याँकमा केहि कमि आएको हो । गएको साता बेलायतमा कोरोना संक्रमणको दर विगत ५ महिना यताकै उच्च रह्यो । शुक्रबार साँझ सार्वजनिक  तथ्याँकअनुसार ६ हजार ८ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । यसैगरी मृतक संख्या पनि सिंगल डिजिटबाट बढेर दैनिक ४० जनासम्म कायम रह्यो, जुन ५ महिना पछिकै धेरै हो ।

पछिल्लो २४ घन्टामा २ लाख २६ हजार ९ सय जनाको पीसीआर परीक्षण गरिएको थियो । बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार १३ जना पुगेको हेल्थ एण्ड सोशल केयरले जनाएको छ । कोरोना संक्रमणका कारण अहिले १  हजार ७  सय २७ जना हस्पिटलमा रहेका छन् भने २ सय ६२ जना भेन्टिलेटर बेडमा राखिएका छन् ।

बेलायतमा कोरोनाको संक्रमण बढेसँगै ६ जना भन्दा बढी (रुल अफ सिक्स) को सामाजिक जमघटमा प्रतिबन्ध गरिसकिएको छ ।  गत  विहीबारदेखि  इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्नेछ भने खुला रहेको समयमा  पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ ।  मास्क नलगाउने र ‘रुल अफ सिक्स’ को नियम उल्लंघन गरेवापतको जरिवानालाई दोब्बर गरेर दुई सय पाउण्ड पुर्याउने निर्णय गरेको छ । यसअघि यो जरिवाना रकम पहिलोपटक एक सय पाउण्ड निर्धारण गरिएको थियो । यसैगरी आजदेखि कोरोना संक्रमित पोजिटिभ भएकाहरुले  सेल्फ आइसोलेशनको नियम पालना नगेर एक हजारदेखि १० हजार पाउण्ड सम्म जरिवाना  तिर्नुपर्ने नियम लागू भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप