बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘इराकबाट लुटिएको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गरिने’

सोमबार, १२ असोज २०७७, २३ : १२
सोमबार, १२ असोज २०७७

एजेन्सी । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति) लाई फिर्ता गर्न तयार भएको हो ।  गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले बिक्रीको लागि कलाको प्रस्ताव गरेपछि केही प्रमाणसहित उक्त कला इराकबाट लुटिएको दावी गरिएको थियो । यसै आधारमा विशेषज्ञ लन्डन प्रहरी इकाईले संग्रहालयका विज्ञलाई बोलाई अनुसन्धान सुरु गरेका थिए ।

अनलाइनमा यसलाई ‘वेस्टर्न एशियाटिक अक्काडियन ट्याब्लेट’ भनेर वर्णन गरेको भएपनि विज्ञहरूले चुन ढुङ्गाको उक्त कला पुरानो सुमेरियाली मन्दिरको भएको र ईसापूर्व २४०० तिर बनाइएको बताएका छन् ।  सङ्ग्रहालयका अनुसार उक्त शिल्पकला १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको उत्तरार्धमा मन्दिरबाट लुटिएको थियो र पछि यो खाडी युद्धको पुन चोरी भएको र सन् २००३ को इराक युद्धको क्रममा पनि लुटिएको थियो । 

सङ्ग्रहालयले भनेको छ, “अनुसन्धानले यो महत्वपूर्ण शिल्पकलालाई इराकबाट गैरकानुनी रूपमा बेलायत ल्याइपु¥याएको बेलायती अधिकारीले पत्ता लगाएका छन् । छिट्टै फिर्ता हुन्छ ।”  यस्ता मुर्तिहरू निकै विरलै पाइने प्राचिन कला हुन् र विश्वमा यस प्रकारका करिब ५० मूर्तिहरू अस्थित्वमा रहेको पत्ता लागेको बेलायती अधिकारीले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप