बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रूसमा कोरोनाका कारण थप ८ हजार सङ्क्रमित, पहिरोमा परेर १४ को मृत्यु

सोमबार, १२ असोज २०७७, २३ : २६
सोमबार, १२ असोज २०७७

एजेन्सी । रूसमा कोरोनाभाइरसका कारण थप आठ हजार १३५ जना सङ्क्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा थपिएका ती सङ्क्रमितसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ । 

राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् ।  यसैबीच रूसमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढीका कारण देशको ताराकान सहरमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये तीन जना एउटै परिवारको भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप