मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोदनाथ र सञ्जीवलाई दिने निर्णय गरिएको पुरस्कार रद्ध

मङ्गलबार, १३ असोज २०७७, ०० : २४
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । ०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो । 

प्रतिष्ठानले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति क्षमायाचना गर्दै प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने बताएका छन् ।

सो सम्मान दिने निर्णय भएपछि मोदनाथ प्रश्रितलाई यौन विवादमा जोड्दै सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो । त्यसपछि उप्रेतीले पनि आफूले उक्त पुरस्कार नलिने घोषणा गरेका थिए । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप