शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्सनललाई हराउँदै लिभरपुलको शत प्रतिशत नतिजा कायम

मङ्गलबार, १३ असोज २०७७, ०७ : २२
मङ्गलबार, १३ असोज २०७७

नयाँ खेलाडी डिओगो जोटाले डेब्यु खेलमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनललाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राखेको छ । एनफिल्डमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल ३–१ गोलले विजयी भएको हो ।

शुरुवाती दुई खेल जितेको आर्सनलले खेलको २५ औँ मिनेटमा अलेक्सान्डर लाकाजेटको गोलको मद्दतले अग्रता लिएको थियो । तर, लगत्तै म्यान अफ द म्याच साडियो मानेले बराबरी गोल फर्काए ।

३४ औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर अर्नोल्डको क्रसमा गोल गर्दै एन्ड्रयू रोबर्टसनले लिभरपुललाई अग्रता दिलाए । खेलको अन्त्यतिर जोटाले अर्को गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

यसअघि, खेल २–१ को स्थितिमा रहँदा लाकाजेटले बराबरी गर्ने सुन्दर अवसर गुमाएका थिए ।

लिभरपुलले घरेलु मैदानमा आर्सनलविरुद्ध खेलिएका लगातार ५ खेल जित्न सफल भएको छ । जीत पछि लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलहामलाई ३–० गोलअन्तरले हराउँदै लिगको चौँथो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप