शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका थप एक कोरोनासंक्रमित पुरुषको निधन

मङ्गलबार, १३ असोज २०७७, ०८ : १८
मङ्गलबार, १३ असोज २०७७

मोरङका एक कोरानासंक्रमित पुरुषको मंगलबार उपचारको क्रममा निधन भएको छ । सुनवर्शी–७ का ६८ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

नोबेल मेडिकल कलेज विराटनगरमा आइसीयूमा उपचाररत ती पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो । गत असोज ५ गते संक्रमण पुष्टि भएका उनलाई जोरी, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि गत १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

डा. सापकोटाका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मंगलबार बिहान ३ बजे निधन भएको हो । उनलाई उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।

उनको शवको व्यवस्थान नियमअनुसार गर्ने तयारी भइरहेको डा. सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप