शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

मङ्गलबार, १३ असोज २०७७, ०८ : ५६
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । 

यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ । 

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप