बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरफानको समाधि स्थल फोहोर भएको भन्दै प्रशंसक दुःखी, श्रीमतीले दिइन् यस्तो जवाफ

मङ्गलबार, १३ असोज २०७७, ०९ : २२
मङ्गलबार, १३ असोज २०७७

हिन्दी सिनेमाका शानदार अभिनेता इरफान खानको निधन यसै वर्षको अप्रिल महिनामा भएको थियो । उनको निधनबाट उनका प्रशंसक निकै दुःखी भएका थिए । हालै नायक चन्दन रोय सान्यालले उनी गाडिएको स्थानको एउटा फोटो सोसल मिडियामा पोस्ट गरेका थिए । यो फोटो हेर्दा उनी गाडिएको स्थानमा सर–सफाइ नगरिएको जस्तो देखिन्थ्यो । यसमा एक प्रशंसकले इरफानकी श्रीमती सुतपा सिकदरलाई फेसबुकमा मेन्सन गर्दा उनले यसको जवाफ दिएकी छिन् ।

मोनिका मुखर्जी नामकी प्रयोगकर्ताले लेखेकी थिइन्, ‘हालै इरफान भाइ गाडिएको चिहानको एउटा फोटो देखेँ जुन हेर्दा मेरो मन भाँच्चिएको छ किनभने अहिले एक महिना मात्रै त बितेको छ, उनको चिहान असाध्यै फोहोर देखिएको छ । मैले सोचेको थिएँ, तपाईंको ‘रातकी रानी’ नामको रुख रोप्नुभएको होला किनभने उनलाई यो रुख निकै मनपर्दथ्यो । के भयो ? यदि यो फोटो साँचो हो भने लज्जाको विषय हो । यदि तपाईंसँग हालैको फोटो छ भने कृपया त्यो पोस्ट गर्नुहोस् ।’

इरफानकी श्रीमती सुतपा सिकदरले यसको जवाफमा लेखिन्, ‘महिलालाई चिहानमा जाने अनुमती छैन । त्यसैले मैले रात की रानी इगतपुरीमा लगाएको थिएँ जहाँ उनको स्मृति पेटिका पनि लगाइएको छ । त्यहाँ उनका केही मनपर्ने कुराहरु गाडेको छु । त्यो स्थान मेरो आफ्नो हो, जहाँ म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । त्यहाँ उनको आत्मा छ । तर यसको अर्थ यो होइन कि चिहानलाई यत्तिकै छोड्नुपर्छ । तर जहाँसम्म अहिलेको परिस्थितीको कुरा छ वर्षायाममा जंगली घाँस उम्रन्छन् । जुन फोटोको तपाईंले कुरा गरिरहनुभएको छ, त्यसमा मलाई जंगली घाँस निकै मनपर्यो । वर्षा भएपछि बोट बिरुवा त उम्रन्छन् नै, अर्को मौसममा सुक्छन् । त्यसपछि त्यहाँ सफा गर्न सकिन्छ । जसरी परिभाषित गरिएको छ, हरेक कुरा त्यस्तै हुनुपर्छ र ? के थाहा, यहाँ बिरुवा केही उद्देश्यसहित उम्रिएको पनि हुनसक्छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

४ माह हो गए थे , कोस रहा था , की मैं गया कैसे नहीं ? i was avoiding confronting and पिछली कुछ दिनों से उनकी याद सता रही थी, कल मैं उनके मज़ार पर गया , ख़ामोशी थी , वह लेटे हुए थे पेड़ो के इर्द गिर्द , उनका नाम था साहबज़ादे इर्र्फान अली खान . मैं रजनीगंधा लेके गया था , उनके सिरहाने रख के आ गया . खामोश खड़ा रहा , पेड़ लेह लाहा रहे थे . मैं मूढ़ा, फिर रुका . आने से पहले उनका एक हिस्सा , आशीर्वाद सहित लेके आ गया . अब थोड़ा बोझ कम हुआ . राहत . जाता रहूँगा , अब मामला पर्सनल है . सो लॉन्ग हुज़ूर. स्लीप वेल ... #irrfankhan #farewell

A post shared by Chandan Roy Sanyal (@iamroysanyal) on

चन्दन रोय सान्यालले इन्स्टाग्राममा पोस्ट गरेका थिए तस्बिरः

नायक चन्दन रोय सान्यालले इन्स्टाग्राममा इरफानको चिहानको फोटो सेयर गरेका थिए । उनले यसमा पछिल्लो केही दिनदेखि इरफान खानको यादले सताइरहेको बताउँदै उनी गाडिएको स्थानमा गएको बताए । चन्दनका अनुसार उनी रजनीगन्धा लिएर गएका थिए र सिरानमा राखिदिए । त्यसपछि उनको बोझ थोरै कम भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप