उपत्यकामा जोर बिजोरमा कडाइ गर्न थालियो, ८ सय २५ सवारी साधन होल्ड (तस्बिरहरु)
काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए । मंगलबार समाचार तयार गर्दासम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन् ।
‘होल्ड गरिएका सवारीलाई साँझ ८ बजे मात्र छाड्छौं’ एसएसपी ढकालले भने,‘कोभिड–१९ संक्रमणको जोखिम छ, त्यसैले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरिदिनुहुन सवैलाई अपिल गरेका छौं ।’
जोर बिजोर अनुसार कार्यालय, कम्पनी र संघ–संस्थालाई सवारीको ब्यवस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल