शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुराँस लाइफ इन्सुरेन्सको सेयर लिलामीमा बिक्री खुल्यो

मङ्गलबार, १३ असोज २०७७, १२ : १५
मङ्गलबार, १३ असोज २०७७

गुराँस लाइफ इन्सुरेन्सको सेयर लिलामीमा बिक्री खुला भएको छ । आज (१३ गते) बाट ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी खुला भएको हो ।  कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । 

आवेदन दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले २०७७ असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा अवेदन नपरेको सेयर लिलामीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप