नेप्सेले सूचीकृत कम्पनीलाई भन्यो, ‘असोजभित्र सूचीकरण शुल्क बुझाउ’
मङ्गलबार, १३ असोज २०७७, १२ : १७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको लागि सूचीकृत भएका कम्पनीलाई नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको शुल्क बुझाउन सार्वजनिक सूचना प्रकाशन गरेको हो । सूचीकरण नवीकरणको लागि असोजभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था भएकाले बाँकी कम्पनीलाई शुल्क बुझाउन आग्रह गरेको छ ।
५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको लागि नेप्सेले नवीकरण शुल्क १ लाख रुपैयाँ तोकेको छ । त्यस्तै ५० करोडसम्मका कम्पनीलाई ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यता, ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका म्युचुअल फन्डले २५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउन पर्नेछ । भने, ५० करोड माथिका म्युचुअल फन्डले ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा