शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बझाङ घटनाबारे बुझ्न राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई डाक्यो

मङ्गलबार, १३ असोज २०७७, १३ : ००
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएकी विषयमा गृहमन्त्री रामबहादुर थापासँग छलफल हुने भएको छ । समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे छलफलका लागि बोलाएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन । 

आजको बैठकमा समितिका सदस्यहरुले मन्त्रालयलाई कुन कुन कुरामा ध्यानाकर्षण गराउने बारे छलफल गर्ने उनले बताइन् । गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारवाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो ।   यस्तै गृहमन्त्रीसँग नेपाल र चीनबिचको सीमाबारे बैठकमा छलफल हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप