केन्द्रीय संस्करण

प्रशंसकले प्रश्न उठाएपछि सफा भयो इरफान खानको समाधि स्थल, जंगली घाँसको साटो देखियो ताजा फूल

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

इरफान खानका समाधिस्थलका दुई नयाँ तस्बिर सार्वजनिक भएका छन् जसमा समाधि स्थल निकै सफा सुग्घर देखिएको छ । जंगली झारपात हटाइएको छ र समाधि स्थलमा ताजा फूललाई स्थान दिइएको छ । यी तस्बिरलाई इरफानका छोरा बाबिलले सेयर गरेका हुन् । स्मरण रहोस् इरफानको समाधि स्थलको एक तस्बिर देखेपछि उनका प्रशंसकले सज्ञान लिँदै यसबारे उनकी श्रीमतीको ध्यान आकृष्ट गरेका थिए । सुतपाा र प्रशंसकबीच फेसबुकमा भएको कुराकानीपश्चात् नै यो तस्बिर सार्वजनिक भएको हो ।

रोचक कुरा के हो भने तस्बिरमा इरफानका कान्छो छोरा अयान समाधि स्थलमा पानी हालिरहेको देखिएका छन् । यी तस्बिरसहित बाबिलले लेखे, ‘बाबालाई प्राकृति नै मनपर्दथ्यो । अयान निकै मजबूत भइरहेको छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Baba liked it wild, Ayaan is staying strong :* mamma recently wrote about the wilderness around when some of his fans were worried that it looked unkempt, I need you to understand, he always always wished to be surrounded by the grass and the plants and the trees. Waste and plastic is always removed from that wilderness. Here’s what my beautiful mamma wrote: “Women are not allowed in Muslim graveyards. Hence, I have planted the raat Ki Rani in Igatpuri where I have a memory stone of his...where I have buried his fav things .I own that place Where I can sit for hours without any one telling me I can’t sit next to him. He is there in his spirit. But that doesn’t mean the graveyard shouldn’t be tended ..but as far as how is a very questionable thing... The wild plants grass have grown in rains.. It’s wild and beautiful is what I saw in the photo you are mentioning..it rains and plants come and they wither in the next season..and then one can clean it. Why should everything be exactly as per definition.. And the plants have grown may be for a purpose look closely.”

A post shared by Babil (@babil.i.k) on

बाबिल हालै लण्डन गएका छन् । अप्रिलमा इरफानको निधन भएपछि बाबिल भारतमा थिए । इरफानको अन्तिम संस्कार वर्सोवास्थित समाधि स्थलमा गरिएको थियो ।

केही दिन अघि नायक चन्दन राय सान्यालले इरफानको समाधि स्थललाई फूल चढाउन गएका थिए र यसको फोटो उनले सोसल मिडियामा सेयर पनि गरेका थिए । उक्त फोटो हेरेपछि इरफानका थुप्रै प्रशंसकले समाधि स्थल फोहोर भएको भन्दे दुःख व्यक्त गरेका थिए ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.