बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा काठमाडौँमा चल्ला ल्याइ रङ बदलेर बेच्न खोज्ने ४ जना पक्राउ

मङ्गलबार, १३ असोज २०७७, १३ : ३५
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्ला बरामद गरेको छ । चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्रेको छ ।

 चितवनको अविनाश मोर्डन ह्याचरी बाट चल्ला ल्याएका उनीहरुले कलंकी र स्यूचाटारमा रहेको आफ्नो पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरेका थिए । 
लेयर्स कुखुराको चल्लालाई रङ बदलेर ‘लोकल चल्ला’ भन्दै बेच्न खोज्ने ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए । 
पक्राउ पर्नेमा ४५ बर्षीया चन्दा शाह, ४२ बर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् । 

बारा कचोर्वा घर भएकी प्रेमशिला देवीको काठमाडौं–१४ स्थित जैसवाल पोल्ट्री सप्लायर्समा चितवनबाट ल्याएको  १० हजार मध्ये १५ सय चल्लाको रंग परिवर्तन गरेको भेटिएको छ ।
प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको एसपी राठौरले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका वकिल खानले ३ सय, सुमित्रा जैसवालले १ सय ५० र चन्दादेवी शाहले ७ हजार वटा चल्लाको रङ परिवर्तन गरेको भेटिएको छ । 
चल्लाको रङ परिवर्तन गरेर महंगोमा बेच्नेलाई कालाबाजारी ऐन अनुसार मुद्धा चलाउनको प्रहरीको तयारी छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप