धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान
चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए ।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी