शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय कलाकारको पैतृक घरलाई पाकिस्तानले संरक्षण गर्ने

मङ्गलबार, १३ असोज २०७७, १५ : ५१
मङ्गलबार, १३ असोज २०७७

एजेन्सी । पाकिस्तानको पेशावरमा रहेका दीलिपकुमार र राज कपूरका पैतृक घरहरु संरक्षण गर्ने फैसला पाकिस्तान सरकारले गरेको छ । हिन्दी फिल्मका यी दुई चर्चित कलाकारको जन्म पाकिस्तानका यी हवेलीमै भएको थियो ।
यद्यपि, अहिले यो खाली छ ।  पाकिस्तानको खाइबर पख्तुनख्वाई सुबेस्थित पुरातत्व विभागले सम्बन्धित विभागलाई दुई कलाकारको घर सरकारी नियन्त्रणमा लिएर संरक्षण गर्न आदेश दिएको हो । 

यी घरहरुमा संग्राहालय बनाउने र त्यहाँ यी कलाकारसँगै शाहरुख खानजस्ता अन्य चर्चित बलिउड अभिनेतासँग सम्बन्धित वस्तुहरुलाई संरक्षण र प्रदर्शनीमा राखिने योजना विभागले बनाएको छ ।  विभागले यसो गर्दा सांस्कृति पर्यटन प्रवद्र्धन हुने जनाएको छ । दीलिपकुमार नामले चर्चित मोहम्मद युसुफ खानको जन्म ११ डिसेम्बर १९२२ मा पेशावरस्थित यही घरमा भएका थियो ।

उनी १९३० मा आफ्नो परिवारसँगै बम्बई आएका थिए । १९८८ मा जब दीलिपकुमार पाकिस्तान भ्रमणमा गएका थिए, त्यतिबेला उनले पेशावर पुगेर आफ्नो घरको ढोकालाई चुम्बन गर्दै बाल्यकालको सम्झना मानिसहरुसँग बाँडेका थिए । 

त्यस्तै, कपूर हवेली पेशावरको दिलगन्रा इलाकामा छ । बलिउडमा धेरै सुपरस्टार जन्माउने कपूर खानदानको एउटा पुस्ता यही हवेलीमा जन्मिएको थियो । यो हवेली १९१८ देखि १९२२ सम्म बनाइएको थियो । राज कपूरको पनि यही हवेलीमा जन्म भएको थियो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार भारत आयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप