शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरका २८ र २९ वडामा वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

मङ्गलबार, १३ असोज २०७७, १६ : २०
मङ्गलबार, १३ असोज २०७७

ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् । यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका हुन् ।

हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिए । उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।” हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताए ।

आउँदो बिहीबारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताए । सो सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्छन् । हाल सो सडक खण्डमा एकतर्फी सवारीसाधन दैनिक चलिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप