शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए १५१३ संक्रमित

मङ्गलबार, १३ असोज २०७७, १६ : २२
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् ।  यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् । 

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । 

यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप