काठमाडौंमा मात्रै ७४७ जनामा कोरोना संक्रमण पुष्टि
देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् ।
यस्तै आज देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।
यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा