शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार दिनदेखि हराएका सुनचाँदी व्यवसायी मृत फेला

मङ्गलबार, १३ असोज २०७७, १६ : ५५
मङ्गलबार, १३ असोज २०७७

बुटवल । चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघ कपिलवस्तुका  सचिव राघवेन्द्र बर्मा मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बर्मा सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए । रातीसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप