बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयअघि ट्याक्सीको लाइन, कार्यालयमा भिडभाड (तस्बिरहरु)

मङ्गलबार, १३ असोज २०७७, १८ : २१
मङ्गलबार, १३ असोज २०७७

मंगलबार दिनभर ललितपुरको एकान्तकुना क्षेत्रमा ट्याक्सीहरुको लामो लाइन देखिन्थ्यो । वातावरण प्रदूषणसम्बन्धी तोकिएको मापदण्ड पूरा भए–नभएको चेकजाँच गर्नुपर्ने नियमअनुसार यातायात कार्यालयमा ट्याक्सीको लामो लाइन लागेको हो ।  

पछिल्लो समय राजधानीमा कोरोना भाइरस संक्रमित ह्वात्तै बढेका छन् । कोरोना कहरका बीच सरकारी कार्यालय सञ्चालनमा आएपछि अन्य कार्यालयजस्तै यातायात कार्यालयमा पनि भिडभाड बढेको छ । कार्यालयहरुस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनमा ल्याइएको बताइएपनि सेवाग्राहरुको ठेलमठेल भीडका कारण त्यो निष्प्रभावी भएको छ । 

तस्बिरहरु : सुवास श्रेष्ठ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप