निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो
काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्याबारे अनुसन्धान गर्ने डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृतको निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संशोधन गरेसँगै उनीहरुलाई निलम्बन फुकुवा गर्ने बाटो खुलेको हो ।
असोज–८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमाबलीको नियम–११५ संशोधन गरेको छ । नियम–११५ मा कुनै पनि फौजदारी अभियोग लागेका प्रहरी कर्मचारीले अदालतबाट सफाई पाउने गरी अन्तिम फैसला नहुन्जेलसम्म निलम्बनमा राखिने व्यवस्था थियो । तर, सो बुँदा संशोधन गरेर ‘अदालतको एक तहबाट सफाइ पाउने गरी फैसला भएमा निलम्बन फुकुवा हुने’ व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय कानुन शाखाका एक अधिकृतले रातोपाटीलाई बताए । अदालतबाट साधारण तारेखमा रिहा भएका प्रहरी कर्मचारीचाहि जागिरमा फर्कन पाउने व्यवस्था थियो ।
निर्मला पन्तको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई अदालतको शुरुमा धरौटीमा रिहा गरेको थियो । कञ्चनपुर जिल्ला अदालतले साउन १५ मा डिएसपी जिसी सहितका अधिकृतलाई दिलिपसिंह विष्टलाई यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग पुष्टि नभएको फैसला गरेको थियो ।
नियमावली संशोधन भएसँगै हत्या अनुसन्धानमा डिएसपी अंगुर जिसी, प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा हुने भएको छ । निलम्बन भएकै अवस्थामा डिएसपी ज्ञानबहादुर सेट्टी र इन्सपेक्टर एकेन्द्र खड्काले अनिवार्य अवकास पाएका छन् । निलम्बनका कारण रोकिएको उनीहरुले पाउने सरकारी सुविधा पाउने भएका छन् । निलम्बन फुकुवाको पत्र नपाएका कारण सेट्टी र खड्काको पेन्सन पट्टा बन्न सकेको छैन् ।
गृह मन्त्रालयले बर्खास्त गरेका कञ्चनपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) दिल्लीराज विष्ट र वडा प्रहरी कर्यालयका महेन्द्रनगरका तत्कालिन इन्सपेक्टर जगदिश भट्टबारेचाहि कुनै निर्णय भएको छैन् । अदालतले उनीहरुलाई पनि सफाइ दिएको छ । विष्ट र भट्टले ‘बर्खास्तीको निर्णय पुनरावलोकन गरि पाउँ’ भनेर मन्त्रिपरिषद्मा निवेदन दिएका छन् । सो निवेदन उपर मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै