शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९ फरार अभियुक्त समातिए

मङ्गलबार, १३ असोज २०७७, २१ : १७
मङ्गलबार, १३ असोज २०७७

कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ  फरार अभियुक्तलाई फक्राउ गरेको छ ।  प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान र ज्यान मार्ने उद्योगको एकएक  फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए । 

त्यस्तै जिप्रका हुम्लाबाट बहुविवाहका एक तथा जिप्रका जाजरकोट र डोल्पाबाट जबर्जस्ती करणीका एकएक फरार अभियुक्त पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए ।  उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ । अदालतले कारवाहीको फैसला सुनाएपछि फरार रहेका करीब ७० अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप