रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक
मस्को । रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताएका छन् । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए ।
उनले दुबै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोनाभाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको बताए । विदेशमन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए ।
सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रसियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उनले बताए । दक्षिण कोरिया र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ । –योनहाप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने