बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय उपराष्ट्रपतिलाई कोरोना संक्रमण

मङ्गलबार, १३ असोज २०७७, २३ : ०१
मङ्गलबार, १३ असोज २०७७

एजेन्सी । भारतीय उपराष्ट्रपति वैंकया नायडुलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति नायडुलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय उपराष्ट्रपतिको सचिवालयले ट्वीटरमार्फत सो कुराको जानकारी दिएको छ । 

सचिवालयले ट्वीट गर्दै भनेको छः ‘भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना परीक्षण गरिएको थियो, नतिजा पोजेटिभ आएको छ । यद्यपि, उहाँ कुनै लक्षण देखिएको छैन, उनी अहिले स्वस्थ रहेका छन् ।’

ट्वीटमा भनिएको छः ‘उनलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमती उषा नायडुको पनि कोरोना परीक्षण गरिएको थियो, उनको भने नतिजा नेगेटिभ आएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा रहेकी छिन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप