बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्मेनिया र अजरबैजानबीचको लडाई चर्कियो, २ दिनमै ६७ जनाको मृत्यु

मङ्गलबार, १३ असोज २०७७, २३ : ५६
मङ्गलबार, १३ असोज २०७७

एजेन्सी । अर्मेनिया र अजरबैजानबीचको लडाई थप चर्किदै गएको छ । नागारोनो–कारोबाखको विवादित क्षेत्रलाई लिएर ती दुई देशबीच लडाई सुरु भएको हो । मंगलबार पनि दुई देशका सेनाबीच भीषण गोलीबारी भएको छ । दुबै देशले एक अर्कालाई विवादित क्षेत्र बाहिर एक अर्काका विरुद्ध गोलीबारी गरेको आरोप लगाएका छन् । 

यो युद्धमा अहिलेसम्म ६७ जना मारिएको खबर सार्वजजिक भएको छ । आइतबारदेखि विवादित क्षेत्रमा युद्ध भड्किएको हो । आर्मेनियाको रक्षा मन्त्रालयकाअनुसार अजरबैजानको ड्रोज हमलामा एउटा बसमा आगो लागेको थियो । यद्यपि, आगलागी भएको बसमा कोही व्यक्ति हताहत भएको समाचार छैन । तर अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आर्मेनियाको हमलामा परेर आफ्ना १० नागरिकको हत्या भएको दाबी गरेका छन् । यद्यपि, सैनिकको मृत्युको बारेमा भने कुनै पनि जानकारी दिइएको छैन ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप