शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि

बुधबार, १४ असोज २०७७, १३ : २१
बुधबार, १४ असोज २०७७

टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको  १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सुखविंदर कौरलाई पछिल्लो थुप्रै वर्षदेखि कार्यक्रममा आउनका लागि प्रस्ताव गरिँदै थियो तर कुरा बन्न सकेको थिएन । तर यो संस्करणमा उनलाई कार्यक्रममा ल्याउन निर्माताहरु सफल भएका छन् । आफूलाई देवी माँको अवतार बताउँदा पनि राधे माँ विवादित जीवनशैलीका कारण चर्चामा छाइरहन्छिन् । हालै कलर्स च्यानलले राधे माँको पहिलो झलक देखाएको छ, जसमा उनी घरमा प्रवेश गरिरहेको देखिएकी छिन् । भिडियोमा राधे मांले कार्यक्रमलाई आशिर्वाद दिँदै भनेकी छिन्, ‘यो घर यस्तै बनिरहोस्, बिग बस यस पटक असाध्यै चलोस् ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप