शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, जंगलमा शव फेला

बुधबार, १४ असोज २०७७, १३ : २५
बुधबार, १४ असोज २०७७

काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।

कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेका हुन् ।  घाँस काट्न गएका संगम नफर्केपछि खोज्न जाँदा मंगलबार साँझ चन्द्रपुर–६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षका प्रविण श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप