दार्चुलामा बाटो बनाउन एनआरएनए कंगोको सहयोग
बुधबार, १४ असोज २०७७, १३ : ३७
दार्चुलामा वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले सहयोग गरेको छ ।
महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएपछि एनआरएनए कंगोले अमेरिकी डलर एक हजार ३०५ (करिब १ लाख ५३ हजार रुपैयाँ) सहयोग गरेको हो।
बाढीले बगाएर स्थानीयलाई आवजजावतमा समस्या भएकाले उक्त बाटो मर्मतका लागि एनआरएनए कंगोले सहयोग गरेको अध्यक्ष ढक बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोरोना महामारीकै बीच आइलागेको यस प्राकृतिक विपत्तिको घडीमा राहत संकलनमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)