भारत-बंगलादेश द्विपक्षीय बैठक लाभदायकः बंगलादेशका विदेशमन्त्री
एजेन्सी । बंगलादेश र भारतबीचको द्विपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्विपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् ।
बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटी (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशका बीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए । यस बैठक बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्विपक्षीय विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए ।
उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्दाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । यस जेसीसी बैठक बंगलादेश र भारतका बीचमा हरेक वर्ष हुने गर्दछ ।
–एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा