बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकाका लागि राजदूत

बिहीबार, १५ असोज २०७७, ११ : ४३
बिहीबार, १५ असोज २०७७

काठमाडौँ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । 

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।  

बिहीबारकै बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने गरिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप