बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको आरोप लागेका अनुराग कश्यपसँग सोधपुछ जारी, पक्राउ पर्नसक्ने सम्भावना

बिहीबार, १५ असोज २०७७, १३ : २७
बिहीबार, १५ असोज २०७७

बलात्कारको आरोप लागेको बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग मुम्बईको बर्सोवा थानामा सोधपुछ चलिरहेको छ । उनी आज पक्राउ पर्नसक्ने सम्भावना भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्रोतका अनुसार उनलाई प्रहरीले अनुमति बनिा मुम्बईबाट बाहिर नजान पनि भनेका थिए । नायिका पायल घोषले अनुरागविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेकी थिइन् । अनुरागसँग सोधपुछकै बीच पायललाई मेडिकलका लागि कूपर अस्पताल लगिएको छ ।

अनुराग यसकारण पक्राउ पर्न सक्छन्..

उनीविरुद्ध चार धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । धारा ३७६ (१) अर्थात् बलात्कारको आरोप, ३५४ अर्थात् महिलाको मर्यादा भंग गर्नका लागि उनीमाथि हमला गर्नु, ३४१ अर्थात् कुनै महिलालाई गलत तरिकाले रोक्नु र ३४२ अर्थात् कसैलाई बन्धक बनाउनु । यीमध्ये ३७६ गैर जमानती धारा हो त्यसैले सोधपुछमा आरोप सही हुँदा अनुराग गिरफ्तार हुन सक्छन् ।

पायलले ट्वीटरमा भनिन्, ‘आशा गर्छु, न्याय पाउनेछु’

मुम्बई प्रहरीको समनमा पायल घोषले ट्वीट गरिन्, ‘अनुराग कश्यपलाई समन पठाएको र वर्सोवा प्रहरी स्टेशनमा सोधपुछका लागि बोलाएकोमा धन्यवाद । आशा गर्छु, न्याय मिल्नेछ !!’

पायलले मीटू अभियानको ट्वीट पनि सेयर गरिन्ः

पायलले आफ्नो ट्वीटर अकाउन्टमा केही स्क्रिनसट सेयर गरेकी छिन् । उनले आफ्नो यो पोस्ट मीटू अभियान चलिरहेका बेलाको बताएकी छिन् । यसमा उनले एक चर्चित निर्देशकको कुरा उठाएकी छिन् जसमा उनले कामको बदलामा उनलाई ‘फिजिकल फ्रेन्डली’ हुन सल्लाह दिइएको बताएकी छिन् । पायलले यो पनि भनिन्, ‘मेरा केही पोस्ट मीटू अभियानका बेला मेरो म्यानेजर र मेरो परिवारले डिलिट गराइदिएका थिए । म यो सोचिरहेको छु कि मीटू इन्डियाको नाम अर्कै केही राखिदिउँ किनभने मीटू इन्डिया नक्कली छ र प्रभावशाली मानिसहरुको नोकर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप