मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै, यस्तो छ प्रक्रिया

बिहीबार, १५ असोज २०७७, १३ : ३९
बिहीबार, १५ असोज २०७७

काठमाडौं । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलका नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाइनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनी गरेको छ ।

हाल कोषले उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायतका आफ्ना भुक्तानीहरु एनपीआईमा जोडिएका कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमार्फत रियल टाइम र एनसीएचएल आईपीएसमाफर्mत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेकमार्पmत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाइनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाइन एसओएसवाईएस प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गतवर्ष देखि नै कनेक्ट आइपीएस ई–पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरुमार्फत आफ्नो नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ । जसअन्तर्गत हालसम्म १० हजार भन्दा बढी कारोबार मार्फत ने.रु. १।७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाइनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनीले कोषको डिजिटाइजेसन प्रकृयालाई थप टेवा पु¥याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप