शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रोलरले अभिषेक बच्चनलाई सोधिन्, ‘ड्रग्स छ त ?’ नायकले फर्काए यस्तो जवाफ

बिहीबार, १५ असोज २०७७, १३ : ५६
बिहीबार, १५ असोज २०७७

बलिउड अभिनेता अभिषेक बच्चन सोसल मिडियामा निकै सक्रिय छन् । उनको पोष्टमा आउने प्रतिक्रियामा पनि उनको नजर दौडिएको हुन्छ । त्यसैले त थुप्रै पटक ट्रोल्समा जवाफ पनि फर्काउने गर्छन् । अभिषेकले पुनः एकपटक त्यसै गरेका छन् ।

प्रयोगकर्ताले अभिषेकलाई सोधिन्, ‘ह्याश छ त ?’

आजकाल बलिउडको ड्रग कनेक्सनले निकै चर्चा बटुलिरहेको छ । दीपिका पादुकोणको एउटा च्याट सार्वजनिक भएको थियो जसमा उनले सोधिरहेकी थिइन्, ‘माल छ त ?’ यसैलाई आधार बनाएर शिवानी शर्माकी एक ट्रोलर अभिषेकलाई सोधिन्, ‘ह्यास छ त ?’ अभिषेक बच्चनले उनलाई जवाफ फर्काएका छन् ।

अभिषेकले लेखेका छन्, ‘छैन, माफ गर । यस्तो नगर । तर मलाई तिम्रो  मद्दत गर्दा खुसी लाग्नेछ र तिमीलाई मुम्बई प्रहरीमा लैजान पनि । मलाई विश्वास छ मुम्बई प्रहरीले तिम्रो आवश्यकता थाहा पाएर खुसी हुनेछन् र उहाँहरुले नै तिमीलाई सहयोग गर्नेछन् । ’

अभिषेक बच्चनको जवाफपछि ट्रोलरले लेखिन्, ‘तिम्रो पिआरले मलाई तथानाम भनिरहेका छन् । लाज नभएका बच्चन ।’

यसको जवाफमा अभिषेकले लेखे, ‘म्याम, मेरो कोही पिआर छैन । ’

केही प्रशंसकले अभिषेकलाई यस्ता मानिसहरुलाई बालै नदिन सल्लाह दिएका छन् ।

हुन त अभिषेकले कुनै प्रयोगकर्तामाथि निशाना साँधेको यो पहिलो घटना भने होइन । यी नायकलाई जब कसैले ट्रोल गर्छ तब उनी चुप बस्नुको साटो गतिलो जवाफ फर्काउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप