बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विजयकुमारको नयाँ कृति ‘सम्बन्धहरू’ सार्वजनिक

बिहीबार, १५ असोज २०७७, १४ : ४७
बिहीबार, १५ असोज २०७७

काठमाडौं । लेखक विजयकुमारको अर्को पुस्तक ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता विजयकुमारको यो दोश्रो कृति हो । पस्तक फाइन प्रिन्टले बजारमा ल्याएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि नै सार्वजनिक गरिएको थियो ।

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइन प्रिन्टका सहसंस्थापक नीरज भारीले बताएका छन् । जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । लेखकको यो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको रचना हो ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप