मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विषम स्थिति सर्जकका लागि अवसर पनि हो : कुलपति

बिहीबार, १५ असोज २०७७, २० : १२
बिहीबार, १५ असोज २०७७

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विषम स्थितिले स्रष्टालाई कुनै असर नगर्ने बरु त्यसले अवसर सिर्जना गर्ने बताएका छन् ।

पुष्पराग साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि ढुण्डिराज पोखरेल ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ कवितासङ्ग्रह बुधबार लोकार्पण गर्दै कुलपति उप्रेतीले कोभिड –१९ को महामारीप्रति लक्ष्य गर्दै चेतना र इच्छाशक्तिलाई मानिसको उमेरले फरक नपार्ने उल्लेख गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय,  काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल, पूर्वप्राज्ञ परिषद् सदस्य विष्णु प्रभात, प्राज्ञसभा सदस्य शशी लुमुम्बूलगायतले लोकार्पित कृतिका स्रष्टालाई शुभेच्छा व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप